Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडियाका नाममा जसलाई जे भने पनि छुट पाइन्छ भन्ने छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु नहुँने भन्दै सम्पादकहरुसँग गुनासो गरेका छन् ।

केहि दिनअघि गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग हिजो बेलुका भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमका सम्पादकहरुसँग आफ्नो गुनासो रहेको बताए ।

सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चारमाध्यमलाई आफूले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृत्ति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताए ।

सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चारमाध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ । सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । उनले बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट विज्ञापन बजारको नियमन गरिने समेत बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृत्ति रहेको पनि बताए ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्