Logo
११ बैशाख २०८१, मंगलबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाउने शिक्षिकालाई मृत्युदण्डको सजाय

नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाएको आरोपमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय दिइएको छ ।

चीनमा गतवर्ष विष खुवाइएका २५ मध्ये एक विद्यार्थीको मृत्यु भएको थियो । शिक्षिका वाङ युन लाई गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो ।

अदालतका अनुसार वाङले जिआओजाओ शहरको किन्डरगार्डेनमा विद्यार्थीहरुलाई बिहानको खाजामा सोडियम नाइट्रेड मिसाएर दिएका थिए ।

सँगै कामगर्ने सहकर्मीसँग मनमुटाब भएपछि वाङले बदला लिन ती सहकर्मीका विद्यार्थीको खाजामा विष हालिदिएको बताइएको छ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्