Logo
११ श्रावण २०८१, शुक्रबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली–प्रचण्डबीचको वार्ता निष्कर्श बिहीन, मन्त्रीमण्डल पुनर्गठन तत्काल नहुने संकेत

सर्वोच्च अदालतमा रहेको बामदेव गौतमको मुद्दा छिनोफानो नभएसम्म मन्त्रीमण्डल पुनर्गठन नहुने संकेत देखिएको छ ।

मन्त्री बन्ने मनशायका साथ राष्ट्रिय सभामा गएका गौतमको मुद्दा तत्काल छिनोफानो हुने सम्भावना छैन् । मन्त्रीमण्डल पुनर्गठनबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच बामदेवलाई सरकारलाई लैजानेबारे मतभेद देखिदा पुर्नगठनको मुद्दा थप पेचिलो बनेको छ ।

आज केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल निश्कर्षबिहीन बनेको छ । दुई अध्यक्षबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । ओली र प्रचण्डबीच लगातार तीन दिनदेखि यही विषयमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार अहिलेका सबै मन्त्रीहरू फेर्ने प्रचण्डको प्रस्ताव छ । प्रधानमन्त्री ओली भने केही मन्त्रीहरूमात्रै फेर्ने र थप्ने मनस्थितिमा छन । बामदेवलाई मन्त्रीसम्म बनाउने लर्बिङ प्रचण्डको छ ।

‘केही अपवादबाहेक मन्त्रीहरूको सेट नै र्फेयौं भन्ने प्रचण्डको प्रस्ताव छ तर प्रधानमन्त्रीले त्यो मानिरहनु भएको छैन,’ नेकपा स्रोतले भन्यो,‘उहाँहरूबीच फेरि भोलि पनि छलफल हुन्छ होला ।’

दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रीमण्डल पुनर्गठन पनि केही दिन पर धकेलिने भएको छ । यसअघि ओलीनिकट नेताहरूले एकदुई दिनमै मन्त्रिमण्डल हेरफेर हुने बताएका थिए ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्