Logo
१९ बैशाख २०८१, बुधबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब कियाको कार किन्दा ग्राहकले चार लाखसम्म छुट पाउने

किया मोटर्सको आधिकारिक बितरक कन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले दसै तिहार लक्षित गर्दै नयाँ स्कीम सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत किया स्पोर्टेज र सेल्टोस एसयुभी खरिद गर्ने ग्राहकले ४ लाखसम्म नगद छुट पाउने छन् ।

हालै भारी नगद छुट सहितको ‘बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्बजनिक गरेको हो । यसको अतिरिक्त एक बर्षको बिमा बापतको रकम र सडक कर समेत कम्पनी आफैले तिरिदिने बताइएको छ ।

भारतीय बजारमा समेत उत्पादन हुन थालेपछि किया ब्रान्डका सवारी साधनले नेपाली बजारमा पछिल्लो समय राम्रो कारोबार गर्न सफल भइरहेको छ ।

कियाले पछिल्लो समय सोनेट मोडलको क्रसओभर सार्बजनिक गर्ने तयारी गरिरहेको छ । सुरुको मुल्य ३५ लाख ९० हजारमा यसको बुकिङ लिइरहेको कम्पनी स्रोतले बताएको छ ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्