Logo
१२ श्रावण २०८१, शनिबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीपी प्रतिष्ठानमा उपचाररत ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

प्रदेश नं १ को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको सुनबर्सी-७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको अस्पताल प्रतिष्ठानले जानकारी दिएको छ ।

उनी प्रतिष्ठानमा असोज १० गते बिहान ७ बजे भर्ना भएका थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।

तर उपचारकै क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयूमा राखिएको थियो । अवस्था नसुध्रिएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

प्रतिष्ठानका प्रवक्ता अनुसार ६८ वर्षीय ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या थियो । उनले डायलायसिससमेत गराउँदै आएका थिए ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्