Logo
२१ जेष्ठ २०८२, मंगलबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारीलाई मृत्युदण्ड दिन वा लिंगछेदन गर्न महिला सांसदहरुको माग

बलात्कारीलाई कडाभन्दा कडा सजायको माग गर्दै महिला सांसदहरु संगठित भएका छन्। उनीहरुले संविधानमै संशोधन गरी १६ वर्षभन्दा मूनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका छन्।

सोमबार भएको महिला सांसदहरुको भेलाले बलात्कारीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न कानुन बनाउन लबिङ गर्ने निर्णय गरेको छ।

भेलाले सत्तारुढ दल नेकपाकी सांसद बृन्दा पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेको छ।

समितिमा नेकपाकै शान्ता चौधरी, नेपाली कांग्रेसकी पुष्षा भुसाल, जसपाकी प्रमिलाकुमारी यादब, नेकपाकी निरुदेवी पाल, नेकपाकै पार्वती थापा र र नेपाली कांग्रेसकी लक्ष्मी परियार छन्।

भेलाका सहभागी महिला सांसदले १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिन वा जुनसुकै बलात्कारका घटनाका दोषीको लिङ्ग छेदन गर्न सुझाव दिएको हो।

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्