Logo
१२ श्रावण २०८१, शनिबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीभीत्रको शक्ति सन्तुलन मिलाउन २ ठूला मन्त्रालय टुक्राउँदै ओली सरकार

पार्टीभित्रको शक्तिसन्तुलन मिलाउन ठूला दुई मन्त्रालय टुक्राउने गृहकार्यमा सरकार लागेको छ । पूर्व माओवादी र एमालेबीच एकीकरण भएर नेकपा दल बनेपनि दाहाल-ओलीसहित नेकपा भित्र पछिल्लो समय गूटैगूट रहँदा शक्तिसन्तुलन मिलाउन ओलीले हाल रहेका दुई ठूला मन्त्रालय टुक्राउन लागेका हुन ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अहिलेको ऊर्जा तथा सिँचाई मन्त्रालय,उद्योग वाणिज्य आपूर्ति तथा भौतिक योजना मन्त्रालय तथा कृषि मन्त्रालयलाई फुटाउने तयारी भएको छ ।

संविधानले २५ वटा मन्त्री बनाउने सुविधा दिएको छ । अहिले २१ वटा मन्त्रालय छन । जसमा २ वटा मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीले लिएका छन ।

बसन्त नेम्वाङलाई भौतिक योजनासँगै सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी तोकिएको छ । प्रधानमन्त्री सहित १९ वटा मन्त्री छन् भने ३ वटा राज्यमन्त्री रहेका छन ।

अब गठन परिवर्तन हुने सरकारमा राज्यमन्त्री नराख्ने तयारी छ । यो हुँदा अब हुने मन्त्रीमण्डल परिवर्तनमा अहिले भएका राज्यमन्त्री कि बढुवा भएर मन्त्री हुनेछन् भने कि मन्त्री पद नै जाने छ ।

ओली सरकारले नै गठन गरेको खर्च प्रणाली पुनरावलोकन आयोगले भने अहिले भएको २१ वटा मन्त्रालयलाई १६ वटामा झार्न सुझाव दिएको थियो ।

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्