Logo
३० जेष्ठ २०८२, बिहीबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

नेपाली कांग्रेसका सांसद तथा उद्योगी उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले कोरोना परिक्षणको लागि शनिबार नीजि ल्याबमा स्वाब दिएका थिए ।

श्रेष्ठले दिएको जानकारी अनुसार गत बिहीबार रुघाखोकी र ज्वरो आएको थियो र हिजोमात्रै उनले कोभिड परीक्षणको लागि स्वाब दिएका थिए । आइतबार रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

उनको नतिजा आज पोजेटिभ आएको थियो । उनी अहिले होम आईसोलेशनमा छन् । अहिले उनको स्वास्थ्यमा खासै समस्या छैन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजग रहेर पीसीआर परिक्षण गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्