Logo
१२ श्रावण २०८१, शनिबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल पुर्नगठन र संवैधानिक अङ्गको नियुक्तिबारे छलफल

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक डाक्नु अघि ओली प्रचण्डबीच छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिमण्डल पुर्नगठन र संवैधानिक अङ्गको नियुक्तिबारे छलफल भएको बुझिएको छ ।

मन्त्रिपरिषद्को बैठक डाक्नु अघि ओली प्रचण्डबीच छलफल हुनुलाई अर्थपूर्ण मानिएको छ । कुरा मिल्ने वित्तिकै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारीमा ओली पुगेका छन् ।

ओली र प्रचण्डबीच कुरा मिले दशैं अगावै मन्त्रिपरिषद् पुर्नगठन हुनेछ ।उनले पार्टीमा पुर्नगठनको मापदण्ड समेत तयार गरेर पार्टीमा छलफलका लागि पेश गरेका छन् ।

 

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्