Logo
१२ श्रावण २०८१, शनिबार
(September 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीको टोली गुल्मको शिलान्याससँगै सीमा अनुगमन गर्न दार्चुलामा

गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न दार्चुलातर्फ गएका छन् । गृहमन्त्री थापाले गुल्मको शिलान्याससँगै सो क्षेत्रको अनुगमन समेत गर्ने बताइएको छ ।

दार्चुलाको छाङ्गरुमा १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन शिलान्यासका लागि उनी त्यसतर्फ गएका हुन् ।

गृहमन्त्री थापासँगै गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनालसहित ११ सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् ।

गृहमन्त्री थापाको टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत सुर्खेत हुँदै दार्चुलाको छाङ्गरु जाने बताइएको छ ।

गत २९ असारमा बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुस्थित गागामा सार्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Sep 25, 2020

प्रतिक्रिया दिनुहोस्