Logo
२८ जेष्ठ २०८२, मंगलबार
(September 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पिपिइ वितरण

पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पिपिइ वितरण गरेका छन् ।

स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उनले सो सामग्री वितरण गरेका हुन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमा उनले सहयोग गरे ।

पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख डा प्रभु शाहलाई बिहीबार सो सामग्री हस्तान्तरण गरेका हुन् ।

उनले इलाम अस्पतालका लागि २५ थान पिपिइ र १०० थान गगल्स वितरण गरेका हुन् । जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आएका उनले यसअघि समेत जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरेका थिए ।

उनले गत भदौमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पिपिइ र एक हजार ५०० थान सेफ्टी गगल्स प्रदान गरेका थिए ।

कोरोनाविरुद्धको सुरक्षाका लागि उनी  संक्रिय छन् । खनालले भर्खरै विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयवासीलाई जोगिन सहज बनाउने उद्देश्यले सो सामग्री वितरण गरेको बताए ।

खनालले चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा सो सामग्री वितरण गरेको बताइएको छ ।

लकडाउन खुले पनि कोरनाको त्रास समाजमा अझै छ । कोरोनाबाट बच्न र बचाउन नागरिकले सुरक्षित भएर काम गर्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति: Sep 25, 2020

प्रतिक्रिया दिनुहोस्