Logo
१२ श्रावण २०८१, शनिबार
(September 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोहलपुर मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

प्रदेश नं ५ स्थित बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्जका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालगञ्ज-३, एकलैनीका ५२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान २ः २५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोनाका फोकलपर्सनले जानकारी दिएका छन् । मृतकको दुवैतिर फोक्सोको निमोनिया थियो।

स्वास्थ्यमा समस्या भएपछि असोज ६ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आयो ।

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । , शुक्रबार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

जिल्लामा अहिलेसम्म एक हजार तीन सय ६१ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमितको संख्या एक हजार सात सय ५० पुगेको छ ।

प्रकाशित मिति: Sep 25, 2020

प्रतिक्रिया दिनुहोस्