Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्र मन्त्रालयले चीनले ‘सीमा मिचेको छैन’ भन्नु हतारको टिप्पणी : कांग्रेस प्रवक्ता

परराष्ट्रले चीनले नेपाली सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी कांग्रेसले भनेको छ

कांग्रेस केन्द्रीय प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्तिमा मार्फत हुम्लामा चीनले  ‘सीमा मिचेको छैन’ भन्‍ने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको प्रतिक्रियालाई हतारको टिप्पणी भनेका छन्।

बिहीबार कांग्रेस केन्द्रीय प्रवक्ता विश्‍वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्‍ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति गम्भीर ध्‍यानाकर्षण भएको छ।सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन।’

बुधबार सरकारका प्रवक्ता एव‌ं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली सीमा मिचेको छैन भनेपछि प्रतिपक्षी दल कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

यता, कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले हुम्लामै रहेर स्थानीय वास्तविकताबारे वस्तुगत अध्ययनकै क्रममा रहेको भन्‍दै प्रवक्ता शर्माले भनेका छन्, ‘स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ।’

यसका साथै स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किए पश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउने कांग्रेसले विज्ञप्तिसमार्फत जनाएको छ।

यसका साथै अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्ष पछि सीमा मिचिएको हो-होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको कांग्रेसको आरोप छ।

प्रकाशित मिति: Sep 24, 2020

प्रतिक्रिया दिनुहोस्