Logo
१२ श्रावण २०८१, शनिबार
(September 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश दिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश दिएको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश दिएको हो।

‘संवैधानिक नैतिकताको सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम गरिनु पर्ने हुन्छ,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘तसर्थ विषयवस्तुको गाम्भीर्यता एवै संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो नलागेसम्म यो विषयलाई यथास्थितिमा राख्नु आवश्यक देखिँदा वामदेव गौतमलाई संवैधानिक जिम्मेदारी दिने, लिने कार्य नगर्नू/ नगराउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ।’

गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका हुन्।

पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।

प्रकाशित मिति: Sep 23, 2020

प्रतिक्रिया दिनुहोस्