Logo
१२ श्रावण २०८१, शनिबार
(September 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कीर्तिमानी आराेही आङरिता शेर्पा (हिमचितुवा)काे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

तस्बिर : रोशन सापकोटा

कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार काठमाण्डौमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

विना अतिरिक्त अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका थिए । उनकोशेर्पा समुदायको विधिअनुसार अन्त्येष्टि गरिएको छ ।

उनको सोमबार बिहान १० बजे काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवास निधन भएको थियो ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

सोहीअनुरुप सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।

पर्यटन विभागका महानिर्देशक, उच्च सरकारी अधिकारी, वरिष्ठ पर्यटन व्यवसायीलगायतले शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनको अन्त्येष्टि कार्यक्रममा विभिन्न नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

तस्बिर :रोशन सापकोटा

सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका शेर्पाले अन्तिम पटक सन् १९९६ मा विना अतिरिक्त अक्सिजन सगरमाथामा पाइला टेकेका थिए । उनले सर्वोच्च शिखर सगरमाथा मात्रै नभइ विना अतिरिक्त अक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको पटक–पटक आरोहण गरेका थिए ।

तस्बिर :रोशन सापकोटा

दुई दशकअघि कलेजोसम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्यागेका उनलाई चार वर्षअघि मस्तिष्कसम्बन्धी समस्या देखा परेको थियो ।

कीर्तिमानी पर्वतारोही भए पनि उपचारका लागि सरकारले सहयोग नगरेको उनको परिवारले गुनासो गर्दै आएको थियो । शेर्पा सन् १९४८ मा सोलुखुम्बुको यीलाजुङ गाउँको सामान्य परिवारमा जन्म भएको थियो ।

 

तस्बिर :रोशन सापकोटा

 

प्रकाशित मिति: Sep 23, 2020

प्रतिक्रिया दिनुहोस्