Logo
१२ बैशाख २०८१, बुधबार
(September 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ड्रग्स कनेक्सनमा बलिउडका चर्चित कलाकार दिपिकादेखी दिया मिर्जासम्म

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या गरि निधन भएको पनि लामो समय भइसक्यो तर अझै पनि यो मृत्युप्रकरण बजारमा सेलाउन सकेको छैन ।

उनको मृत्युप्रकरणलाई अझै विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । त्यही अनुसन्धान प्रकृयामा बलिउडका कलाकारहरुमा ड्रग्स कनेक्सनले सनसनी मच्चाएको छ ।

जब उनको केस ड्रग्ससँग जोडियो त्यसपछि ड्रग्ससँग सम्वन्धित नयाँ रहस्यहरु खुल्न थालेका छन् । बलिउडका चर्चित कलाकारहरु ड्रग्स कान्डमा मुछिने संकेतहरु देखिएका छ ।

सेलिब्रेटी नायिकाहरुलाई प्रहरीले शंकास्पदको सूचीमा राखेको छ । त्यस्तै रिया चक्रवर्तीले अनुसन्धानमा २५ बलिउड कलाकारको नाम लिएकी छन् ।

प्रहरीले पक्राउ गरिएका कारोबारी अनुज केशवानी र अंकुशको बयानको आधारमा सेलिब्रेटीहरु ड्रक्स कान्डमा फसेको अनुमान गरिएको छ ।

ड्रग्स कनेक्सनमा जाँच गर्दै आएको प्रहरीले साराअलि खान, दिपिका पादुकोण, श्रद्धा कपुर, नम्रता शिरोडकरदेखी दिया मिर्जा समेत सहभागी रहेको दावी गरेको छ ।

यता नायिका कंगना रनावतले ड्रग्स सेवनकै कारण दीपिका डिप्रेशनमा पुगेको बताएकी छिन्  । एजेन्सी

प्रकाशित मिति: Sep 23, 2020

प्रतिक्रिया दिनुहोस्