Logo
८ बैशाख २०८१, शनिबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांगठनिक एकताका बाँकी कामहरूलाई पूरा गर्न १० दिनभित्र प्रस्ताव पेश गरिने

नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताका बाँकी कामहरूलाई पूरा गर्न १० दिनभित्र प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले दुई अध्यक्ष र महासचिवले पार्टीको सांगठनिक एकताका लागि ठोस प्रस्ताव प्रस्तुत गर्ने र त्यसका आधारमा सचिवालयले छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

गत चैत २६ गते बसेको स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका सम्पूर्ण कामहरू सक्ने निर्णय गरेको थियो।

नेकपा एमाले र माओवादी केन्द्र एकता भएको २८ महिना बितिसक्दा पनि सांगठनिक एकता हुन सकेको छैन।

पार्टीका विभाग गठन भए पनि यसले पूर्णता पाएको छैन। भातृ संगठनको केन्द्रमा एकता भए पनि तल्ला कमिटीहरूमा एकता हुन सकेको छैन।

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्