Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल पुर्नगठनको अन्तिम तयारी

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुर्नगठनको अन्तिम तयारी लागेका छन् ।

आज विहान मन्त्रिपरिषद्को बैठक बस्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनको विभिन्न विकल्पबारे प्रस्ताव राखिसकेका छन् ।

बैठक यस्तो बखत बस्यो जतिबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा मन्त्रिमण्डल पुर्नगठनको घनीभूत छलफल भइरहेको छ ।

ओलीले तीन विकल्पमध्ये मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको समेत प्रस्ताव गरेका छन् । त्यसो हो भने अब ओलीबाहेक सबै मन्त्रीहरुका लागि आजको क्याबिनेट नै अन्तिम हुनसक्छ ।

त्यसबाहेक काम हेरेर केहीलाई बिदा गर्नेबारे पनि छलफल भइरहेको छ । यसैलाई मध्यनजर गरेर मन्त्रिहरुले जस लिने काम हतार हतार गरेका छन् । केहीले सरकारबाट बिदा हुनुपर्ने संकेत समेत पाइसकेको बुझिएको छ ।

यसकारण केही मन्त्रीहरु दशैं अगाडि नै सरकारबाट बिदा हुने निश्चित भएको छ ।प्रधानमन्त्री ओलीले अब सचिवालयमा महत्वपूर्ण प्रस्ताव लाने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

त्यसपछि मन्त्रिमण्डल पुर्नगठनको निर्णय हुने सम्भावना पनि छ । आइतबार सचिवालय बैठक बसेर हिजो स्थगित भयो ।

हिजो प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुर्नगठनबारे एक्ला एक्लै छलफल भयो । लगत्तै ओलीले आज विहान क्याबिनेट डाके ।

आजको सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठनको मापदण्ड बनाएर टुंगो लगाउने गरी ओली तयार भएको बुझिएको छ ।

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्