Logo
१६ फाल्गुन २०८०, बुधबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोलुखुम्बुमा करेन्ट लागेर वडाध्यक्ष निमराज तामाङको मृत्यु

प्रदेश नं १ स्थित सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ ।

आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत रहेका थिए ।

उनका श्रीमती र तीन छोराछोरी रहेका छन् ।

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्