Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज सुनको मूल्य तोलामा एक हजार ७ सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १हजार ७ सय रुपैयाँ घटेको छ ।

सुनको मूल्य आज तोलामा एक हजार ७ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजकले जानकारी दिए ।सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा ९० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार २ सय ३० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्