Logo
१२ श्रावण २०८१, शनिबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिड-१९ खोपको साझा विकास र उचित वितरण अभियानमा १५६ देश सहभागी

विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ।

कोभ्याक्स नामक सुविधाले भविष्यमा खोप वितरणमा गरिब देशहरुलाई सहजिकरण गरिदिने संगठनका प्रमुख डाक्टर टेड्रोस अधानोम गेहब्रेयसले जानकारी दिए ।

कोभ्याक्स नाम दिइएको कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा अमेरिका र चीन बाहेक विश्वभरिका दुई तिहाई जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले बताएको हो ।

उनले महामारीबाट छिटो पार पाउन सबै देशका केही मानिसलाई खोप लगाउनु उत्तम रणनीति हुने बताए । उनले देशका सबैलाई खोप लगाउनु सही नहुने बताए ।

कोभ्याक्स अन्तर्गत स्वास्थ्यकर्मी, बुढाबुढी तथा पुरानो रोग रहेका र जोखिममा रहेकाहरूलाई खोपमा प्राथमिकता दिइने छ ।सन् २०२१ सम्ममा २ अर्ब खोपको मात्रा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

खोप वितरणका लागि ३ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिए पनि अहिलेसम्म स्रोत नजुटिसकेको संगठनले जनाएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड १४ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ करोड ३१ लाख निको भएका र ९ लाख ६९ हजारको ज्यान गैसकेको वल्डोमिटरले जनाएको छ ।

वल्डोमिटरका अनुसार उपचार गराइरहेका ७४ लाख मध्ये साढे ६१ हजारको अवस्था जटिल रहेको छ भने ७३ लाख ४१ हजारको अवस्था सामान्य छ ।

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्