Logo
११ श्रावण २०८१, शुक्रबार
(September 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेवलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

राष्ट्रियसभा सदस्यमा नियुक्ति भएका वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित निवेदन पेस गरेका हुन् ।

त्रिपाठीले आइतबार रिट निवेदन पेस गरे पनि दर्ता भने भइसकेको छैन । ‘‘हिजो निवेदन पेस गरेको छु । सम्भवत: आज औपचारिक रूपमा दर्ता होला,’’ उनले भने ।

सर्वोच्च अदालतले रिट निवेदनमा बलियो आधार नदेखे रिट दर्ता नगर्न पनि सक्छ । रिट दर्ता गरेमा भने निवेदकको माग दाबीमाथि सुनुवाइ हुनेछ ।

प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित सत्तारुढ दल नेकपाका नेता गौतम केही दिनअघि राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए ।

त्रिपाठीले सर्वोच्चमा दर्ताका लागि पेस गरेको निवेदनमा तत्काल राष्ट्रियसभा सदस्यका रूपमा काम नगर्न, नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

उनको नियुक्तिका लागि मन्‍त्रिपरिषद्ले गरेको सिफारिस असंवैधानिक भएकाले खारेज हुनुपर्ने र राष्ट्रियसभामा चुनाव हारेकाहरूलाई लान थालिएको भन्दै कस्ता व्यक्तिलाई राष्ट्रियसभामा लैजान ‘गाइडलाइन’ जारी गरिदिन पनि निवेदनमा माग गरिएको त्रिपाठीले बताए ।

प्रकाशित मिति: Sep 21, 2020

प्रतिक्रिया दिनुहोस्