Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण बन्द भएको ६ महिनापछि आन्तरिक उडान सञ्चालन

कोरोनाका कारण बन्द भएको ६ महिनापछि  नेपालमा आन्तरिक उडान सुरु भएका छन् ।

सोमबार बिहानदेखि आन्तरिक उडान सुरु भएको त्रिभूवन विमानस्थलले जनाएको छ ।गएको चैत ११ गतेदेखि लकडाउन लागु भएसँगै नियमित उडान रोकिएको थियो ।

तर सरकारको निर्णयपछि सोमबार बिहानदेखि उडान सुरु भएको हो । सोमबार बिहान नियमित उडान तर्फ सबैभन्दा पहिले सात बजेर ४३ मिनेटमा १६ जना यात्रु लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भोजपुरका लागि उडेको विमानस्थलले जनाएको छ।

यस्तै चार्टर्ड उडान तर्फ ९ जना यात्रु लिएर समिट एयरको विमान काठमाडौँबाट लुक्लाका लागि उडेको हो ।

सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरेको थियो ।

सरकारले आधा सिट क्षमतामा मात्रै विमान चलाउन भनेको थियो।तर कुल उडान क्षमताको २५ प्रतिशत मात्रै उडान गर्नुपर्ने प्रावधानको साथमा कुल सिटको आधा क्षमतामा मात्रै यात्रु बोक्ने पाइने निर्णय थपिएपछि वायुसेवा सञ्चालक संघले जहाज नउडाउने निर्णय गरेका थिए ।

एयरलायन्सहरुले त्यसको विरोध गरेका थिए। त्यसपछि वायुसेवा सञ्चालकको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदबाट पारित गराइसकेको छ ।

आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म जहाज उड्नेछन् तर पूर्ण सिट क्षमतामै जहाज उड्नेछन् ।

उनीहरुले सुरक्षाका पूर्ण मापदण्ड पालना गर्ने/गराउने तर सबै सिट भरेर उडान गर्न  पाउने माग गरेका थिए ।

यसअघि अशोज १ गतेदेखि लामो तथा मध्यम दूरीका सवारी साधान भने आधा सिट क्षमतामा तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिएर सञ्चालन भएको छ ।

 

प्रकाशित मिति: Sep 21, 2020

प्रतिक्रिया दिनुहोस्