Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ईंटा भट्टामा जिउँदै मान्छे जलाउने अफताब आलाम रिहाईको माग गर्दै सर्वोच्चमा पुगे

ईंटा भट्टामा जिउँदै मान्छे जलाउने अफताब आलाम रिहाईको माग गर्दै सर्वोच्चमा पुगेका छन् ।

ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलम रिहाईको माग गर्दै सर्वाेच्च अदालत पुगेका हुन् ।  आलमको निवेदन आइतबार पेसी तोकिएको थियो।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास आलामको फाइल मगाउने आदेश गरेको छ। जिल्ला र उच्चको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको सर्वाेच्चले जनाएको छ। उक्त प्रतिवेदन आएपछि थुनामा राख्ने कि रिहा गर्ने निर्णय सर्वोच्चले गर्नेछ।

पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकीर उनको निवेदनमा गरिएको छ। कोभिड-१९ को महामारी रहेको र जेलभित्र समेत संक्रमण ब्यापक भएकाले रिहाई गर्नुपर्ने तर्क आलामको निवेदनमा गरिएको छ।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्