Logo
७ बैशाख २०८१, शुक्रबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुर्खेतको विरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा सञ्चालनमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ को विरेन्द्रनगरमा २४१ औं शाखा सञ्चालनमा ल्याएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको उदघाट्न गरेका थिए।

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय वाणिज्य.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताए। उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्