Logo
१५ चैत्र २०८०, बिहीबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुर्ती विसर्जन गर्न गएका सोनापुरका सन्तोष मण्डलको ४८ घण्टापछि देवानगन्जमा शव फेला

प्रदेश नम्बर १ स्थित सुनसरीको देवानगन्ज गाउँपालिकामा २५ वर्षीय सन्तोष मण्डलको शव फेला परेको छ । २ दिन अघि स्थानीय मरिया खोलामा मुर्ती विसर्जन गर्न गएका बेला मण्डल बेपत्ता भएका थिए ।

उनको खोजी कार्य जारी रहेको थियो भने हराएको ४८ घण्टापछि उनको शव फेला परेको स्थानीय प्रहरी का एक अधिकारीले बताएका छन् । उनी स्थानीय नानू मंडलका भान्जा हुन् ।

देवानगञ्ज वडा नम्बर ३ मा पर्ने मारिया खोलामा असोज २ गते विश्वकर्मा पूजाको मुर्ती विसर्जन गर्न गएका मण्डल पानीमा नुहाउन गएपछि डुबेका थिए ।

प्रहरीको समन्वायमा उनको खोजि कार्य जारी रहेको थियो । सोही जिल्लाका दुहवी-सोनापुर घर भएका मृतक मण्डल मामाघर आएका थिए । शवलाई पोस्टमार्टमका लागि इनरुवा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ ।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्