Logo
६ बैशाख २०८१, बिहीबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनशनको सातौँ दिन : डा. केसीको स्वास्थ्यवस्था झन् खस्कियो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. गोविन्द केसी।

आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यवस्था खस्किएको छ । उनी आमरण अनशनमा बसेको आइतबार सातौँ दिन हो ।

यद्यपी उनले आवश्यक उपचार सेवा लिनका लागि तयार भएका छैनन् । माग पूरा नभएसम्म उपचारका लागि आफूले कुनै पनि सहकार्य नगर्ने अडान उनले लिएका छन्।

हिजो शनिबार अर्थात अनशनको छैठौँ दिनको राति उनलाई बाबिरा मस्ट मन्दिर परिसरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ।

अस्पतालको बेडमा सुतिरहेका डा. केसीले आफ्नो इच्छा विपरीत अस्पताल ल्याएको आरोप लगाएका छन्। मन्दिरमा बसिरहेका डा. केसीलाई साढे ९ बजेतिर सिभिल ड्रेसमा पुगेका प्रहरीले भने, ‘हामी तपाईँलाई सुरक्षा दिन आएका हौं’ भन्दै अस्पतालमा पु¥याइएको हो ।

दुई वर्ष अगाडि सरकारसँग सम्झौता भएपनि अहिलेसम्म कुनै पुरा नभएको उनले गुनासो गरेका छन्। माग पूरा नभएसम्म कुनै पनि हालतमा आफूले उपचारका लागि सहकार्य नगर्ने डा। केसीले चेतावनी दिएका छन्।

अस्पताल ल्याउनु अघिसम्म दिनमा तीनपटक डा. केसीको स्वास्थ्य जाँच गर्ने गरे पनि अस्पताल ल्याएपछि कुनै पनि प्रकारको जाँच गर्न नमानेको डा. केसीको उपचारमा संलग्न डा. प्रविनकुमार गिरीले बताए।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्