Logo
१५ चैत्र २०८०, बिहीबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट कोही पनि भोकै नबसुन् भन्दै १०० ग्रुपद्वारा ६ सय ५० गरिब परिवाहरुलाई राहत वितरण

देशको संघीय राजधानीमा हन्रेड ग्रुपले खाना खानेहरुलाई खाना र घरमा बस्ने परिवारहरुलाई राहत वितरण गरेको छ । सूर्यविनायक भक्तपुर र धुलिखेलबाट सुरु गरेको खानासहित राहत वितरण आज काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट सुरु गरेको हो ।

१०० ग्रुपले गएको मंगलबार सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी अप्ठ्यारोमा परेका परिवारहरुलाई करिब २ लाख १५ हजार बराबरको म्याट, डसना, थाल, कचौरा, १ बोरा चामल, नुन, माक्स ४९ घर धुरीलाई वितरण गरेको संयोजक यादवले जानकारी दिए ।

१४ किलो चामल, दाल, तेल, नुन, मस्यौरालगायतका खाद्य सामाग्रीहरु आज ६ सय पचास गरिब परिवाहरुलाई वितरण गरिएको जानकारी संयोजक अन्सु यादवले जानकारी दिए ।

यादव भन्छन्-आज सेतो गुम्बा सामाजिक संस्था, बौद्धको सहयोगमा ६ सय कुईन्टल चामल वितरण गरियो । यादव भन्छन्-अब केही दिन मैं चितवनको चेपाङ बस्तीका १२० घर परिवारहरु, सिरहाको लाहानका मुसहर बस्तीका ८० घर परिवार र धनुषाको ९० घर धुरीलाई खाना तथा राहत वितरण निरन्तर जारी राख्ने बताए ।

संयोजक यादव भन्छन्-कोरोना भाईरसको यो मारमा दैनिक ज्यालादारी गरी खाने समुदायहरुले लकडाउन या निषेधाज्ञा हटे पनि रोजी रोटी पाएको अवस्था छैन, हाम्रो उद्देश्य भनेको कोरोना कसैलाई नलागोस्, कोही नमरुन र भोकै कोही नबसुन भन्ने नै हो ।

त्यसैले खाना वा राहत वितरण गर्दा पनि सकेसम्म सामाजिक दूरी कायम गर्ने माक्स नहुनेहरुलाई माक्स दिने र खाना, दाल, तरकारी, खचार नआउञ्जेसम्म माक्स नखोल्न आग्रह गरेर सजगता अपनाईएको छ ।”

तस्विरहरु : मुकुन्द कालिकोटे

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्