Logo
७ बैशाख २०८१, शुक्रबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राईविरुद्ध मुद्दा हालेर फिर्ता लिएकी बालिका खड्का पक्राउ

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गर्दै मुद्दा दायर गरेकी र पछि मुद्दा फिर्ता लिएकी भनिएका बालिका खड्का पक्राउ परेकी छन्।

सत्तारुढ नेकपाको पेरिसडाँडामा सुरुभएको केन्द्रीय सचिवालय बैठकमा ‘ठूलो नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई प्रहरी प्रभाग कोटेश्वरमा राखेको छ । प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी खड्का आइतबार बिहान पेरिसडाँडाबाट पक्राउ परेकी हुन् ।

उनले आफूले अरु व्यक्तिको उक्साहटमा मुद्दा दायर गरेको र फिरादपत्रमा गरिएको दाबी पुष्टि गर्ने आफूसँग ठोस प्रमाण नभएको भन्दै बिहीबार मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।

खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दाको म्याद मुख्यमन्त्री राईले नबुझ्दै फिर्ताका लागि निवेदन दिएकी हुन् । उक्त मुद्दाको पेशी आउँदो कात्तिक १८ गतेका लागि तोकिएको थियो।

उक्त निवेदनमाथि सुनुवाई गर्दै बिहीबार नै जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मुलुकी देवानी कार्यविधी संहिता, २०७४ को दफा १९६९२० अनुसार मुद्दा फिर्ताका लागि अनुमति दिएका थिए।

खड्काले सञ्चार माध्यममा पनि राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषणा गरेको आरोप लगाएकी थिइन्।

यो पनि पढ्नुस् …

मुख्यमन्त्री राई र बालिका खड्काबीच कुनै सम्बन्ध नरहेकाे अदालतकाे ठहर

नाता प्रमाणित हुन नसक्ने भएपछि मुद्दा फिर्ता
प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईलाई श्रीमान् दावी गर्दै आएकी बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन् ।

मुख्यमन्त्री राई र आफू श्रीमान्-श्रीमती भएकाे दावी गर्दै विभिन्न मिडियामा अन्तर्वाता समेत दिएकी खड्का आफैले काठमाडौ जिल्ला अदालतमा पुगी मुद्दा फिर्ता लिएकी हुन् ।

उनले मुख्यमन्त्री राईविरूद्ध जाहेरी दिएर विभिन्न मिडियामा अन्तर्वाता दिँदै श्रीमान् श्रीमतीकाे नाता कायम हुनुपर्ने दावी गर्दै आएकी थिइन् ।

मुख्यमन्त्री राई र आफूबीच श्रीमान्-श्रीमतीकाे नाता प्रमाणित गर्न कुनै प्रमाण नभए पछि बालिकाले जिल्ला अदालत काठमाडाैंमा पुगेर मुद्दा फिर्ता लिएकी हुन् ।

मुद्दा फिर्ता गर्नका लागि खड्काले दिएकाे निबेदनमा अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरि अंश माग गरिएको उल्लेख गरिएकाे छ ।

काठमाडाैं जिल्ला अदालतका जिल्ला न्यायाधीस राजुकुमार खतिवडाकाे इजलासमा भनिएकाे छ ‘ शेरधन राईसंग अंश माग गर्नका लागि श्रीमान-श्रीमतिको नाता कायम भएको वा हुन सक्ने म संग कुनै आधार प्रमाण नभएको र वास्तविक रुपमा हाम्रो त्यस्तो कुनै पनि सम्बन्ध नरहेको हुंदा यसरी नाता कायमै हुन नसक्ने भएपछि म आफूले लिएको अंश दावी साबित गर्न नसक्ने, प्रमाणित गर्न नसक्ने भएको हुंदा उक्त मुद्दा फिर्ता लिनको लागि मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६ बमोजिम मुद्दा फिर्ता लिएकाे उल्लेख छ ।’

अदालतमा पेस गरेकाे निबेदनमा खड्काले भनेकी छिन्, ‘ बास्तवमा मेरो र शेरधन राईकोबीचमा कुनै सम्बन्ध नरहेको, आफूसंग साबित गर्ने कुनै प्रमाण पनि नभएकोले गल्ती स्वीकार गरि निबेदन दिएकी हुँ ।’

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्