Logo
२८ बैशाख २०८१, शुक्रबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा टिकटक सञ्चालनलाई निरन्तरता दिने सम्झौता ट्रम्पद्वारा स्वीकृत

अमेरिकामा चिनियाँ एप टिकटकलाई निरन्तरता दिने सम्झौतालाई ट्रम्पले स्वीकृत गरेसँगै टिकटक अमेरिकामा प्रतिबन्धित नहुने भएको छ ।

अमेरिकामा चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकको सञ्चानलनलाई निरन्तरता दिने सम्झौतालाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति प्रदान गरेका छन्।

अमेरिकामा टिकटकको सञ्चालन अधिकारका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबिचको सम्झौतालाई आफूले सहमति प्रदान गरेको ट्रम्पले बताएका हुन्।

एक दिनअघि अमेरिकामा टिकटक तथा वीच्याटको डाउनलोड प्रतिबन्धित गर्ने घोषणा गरेको थियो ।ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा पैदा भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएका थिए।

टिकटकले प्रयोगकर्ताको सूचना चीन सरकारलाई दिएको हुन सक्ने ट्रम्प प्रशासनको आरोप छ। तर टिकटकले सो आरोप अस्वीकार गर्दै आएको छ।

उनले पत्रकारसँग भने, ‘सुरक्षा शतप्रतिशत निश्चित भएको छ । मैले सम्झौतालाई मेरो आशिर्वाद प्रदान गरेँ।’

शनिबार बाइटडान्स र ओरेकल तथा वालमार्टबिच भएको सम्झौताले झण्डै १०० मिलियन अमेरिकी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने निश्चित भएको ट्रम्पले बताएका छन्।

 

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्