Logo
७ बैशाख २०८१, शुक्रबार
(September 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आसन ग्रहणको विषयलाई लिएर जसपाका कार्यकर्ताहरुबीच राजविराजमा झडप

आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा राजविराजमा आज झडप भएको छ ।

संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीले शनिबार राजविराजमा गरेको कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा कार्यकर्ताहरुबीच नै झडप भएको हो ।

संविधान संशोधनको माग गर्दै शिव मन्दिर परिसरबाट दिउँसो निस्केको जुलुस नेता चोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा आसन ग्रहणको विषयलाई लिएर नेता/कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो ।

तात्कालीन समाजवादी पार्टीका चितरन्जन यादवले कार्यक्रमको सञ्चालन गर्दे तात्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई अध्यक्षता गराएका थिए । उनले पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथी ,प्रदेश सासंद अभिषेक यादब र नेत्रविक्रम साह तथा तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई मात्र आसन ग्रहण गराएका थिए ।

पहिलो वक्ताका रुपमा विद्यार्थी नेता शम्भु यादवले मन्तब्य सुरु गर्ने बितिकै केही नेता कार्यकर्ताहरु मञ्च अगाडी विरोध गर्न थालेपछि झडप सुरु भएको थियो ।

कार्यक्रम सञ्चालक यादवलाई केही नेता कार्यकर्ताहरुले मञ्चबाट धकेलेर निकालेका थिए । असन्तुष्टहरुले पार्टीका अन्य केन्द्रीय सदस्यहरु,निर्वाचित जनप्रतिनिधीहरु तथा वरिष्ठ नेताहरुलाई आसन ग्रहण नगराएको भन्दै विरोधमा उत्रिएपछि झडप भएको थियो ।

जसपाका आफ्नै कार्यक्रकर्ताबीच झण्डै १५ मिनेट सम्म घम्साघम्सी भएको थियो । स्थिती असहज भएपछि अध्यक्षता गरेका हरेराम यादवले कार्यक्रम समापनको घोषणा गरेका थिए । पार्टीको घोषित कार्यक्रममा आसन ग्रहणको विषयमा विवाद हुनु दुःखद भएको उनले बताए ।

प्रकाशित मिति: Sep 19, 2020

प्रतिक्रिया दिनुहोस्