Logo
७ बैशाख २०८१, शुक्रबार
(September 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा निर्माण गरिएको २ सेट रेल आज नेपाललाई हस्तान्तरण गरिँदै, हेर्नुस् आकर्षक स्वरुपको फोटोफिचर

प्रदेश नम्बर २ को राजधानी जनकपुरबाट जयनगर चल्ने दुई सेट रेल औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्त गरिँदैछ ।

भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले उक्त दुई सेट रेल जनकपुर रेल्वे स्टेशनमा एक कार्यक्रमबीच रेल विभागलाई हस्तान्तरण गर्न लागिएको हो ।

नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट आज जनकपुर आइपुग्ने भएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

रेलको बगी २ सेट तथा ४ वटा इन्जिन बिहार प्रदेशको हाजीपुर स्टेशनबाट जयनगर आइसकेको छ। ‘नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार शुक्रबार नै रेलको वगी र इन्जिन आइसक्नेछ।’

हाजीपुरबाट बगी सहितको रेलसेट नेपाल भारतको सिमा जयनगर ल्याउन चार घण्टा लागेको छ। अब जयनगरबाट जनकपुरधाम ल्याउन १ देखि डेढ घण्टा समय लाग्ने रेल्वे विभागका साईट इन्जिनियर विनोद ओझाले जानकारी दिए।

‘प्रक्रियागत सम्पुर्ण तयारी पूरा भएर रेल आउने भएको छ। तर सञ्चालनका लागि अझै केही दिन कुर्नुपर्ने छ,’ मिश्रले भने।

‘रेल विभागले कुर्था-जनकपुरधाम–जयनगर सम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक रेल सेटहरु रेल्वे कर्पोरेशन कम्पनी लिमिटेडले निर्माण गरेको छ।’

रेल विभागका अधिकारीहरुको विषेश उपस्थितिबीच रेल हस्तान्तण हुने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईबताए ।

निर्माण भएर बिहीबार साँझ भारतको जयनगर स्थित स्टेशनमा आइपुगेको दुईसेट रेल जनकपुर आइपुग्ने छ । जनकपुरमा हस्तान्तरण भएपछि दुबै रेल सेट पुनः जयनगर स्थित आफ्नै स्टेशनमा पुर्याएर सुरक्षित साथ राखिने रेल विभागले जनाएको छ ।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलो मिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चा थियो।

तर, रेल नेपाल वा भारतले कुन देशले किन्ने अन्योलताले तोकिएको समयमा रेल्वे सञ्चालन हुन नसकेको इन्जिनियर विनोद ओझाले जानकारी दिए।

उनले भने, ‘रेलका इञ्जिन र डिब्बा व्यवस्था नहुँदा सञ्चालनमा ढिलाइ भयो तर, अब धेरै ढिलाई हुन्न, दुई देशको सहमतिमा सक्दोचाडो कर्मचारी व्यवस्थापन गरेर रेल सञ्चालन हुन्छ।’

पहिलो चरणमा भारतको यनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ ।

दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको छ ।

रेल संचालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरेको छ । कर्मचारी भर्ना भए लगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने छ ।

दुई सेट यो रेलको भित्रि र बाहिरी आवरण निकै आकर्षक बनाइएको छ । भित्रका बस्ने सिट, शौचालयहरु समेत निकै आकर्षक तकिाले बनाइएको छ ।

 

प्रकाशित मिति: Sep 18, 2020

प्रतिक्रिया दिनुहोस्