Logo
१२ बैशाख २०८१, बुधबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब काठमाण्डौ महानगरपालिकामा विद्युतीय प्रणालीमार्फत घरबाटै राजस्व तिर्न सकिने

काठमाण्डौ महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा सङ्कलन गर्ने कामको सुरुवात गरेको छ ।

महानगरपालिकाको सातौँ नगर सभाको निर्णयअनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले बताए ।

सेवाग्राहीहरुले समयमा कर तिर्न नपाएको, सेवा समयमा नपाएको गुनासो आएपछि अब सबैले आ-आफ्नो घरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको अर्यालले बताए ।

महानगरपालिकाले बिहीबार वडा नम्बर २६ लगायत १० वटा वडाबाट अनलाइन सेवाको सुरुवात गरेको हो । वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सङ्घीय राजधानीमा रहेको पालिकाले सुरु गरेको रचनात्मक कामले देशरिका पालिकालाई सेवा सुरु गर्न सहज हुने बताए ।

कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अब त्यस्तो अवस्थाको अन्त्य हुने उनले बताए । अनलाइन माध्यमबाट कर निर्धारण र सङ्कलन गर्न सकिने भएपछि दैनिक कति राजस्व सङ्कलन भयो भन्ने थाहा पाउन सकिने छ ।

यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने महानगरपालिकाले विश्वास लिएको छ ।

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्