Logo
११ श्रावण २०८१, शुक्रबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस सभापति देउवा होम क्वरेण्टीमा : संवैधानिक नियुक्तिबारेको छलफल स्थगित हुने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम क्वरेण्टीमा बसेका छन् ।

चिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने सहयोगी भानु देउवाले जानकारी दिए ।

देउवा होम क्वरेण्टीमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीचको छलफल पनि स्थगित हुने भएको छ ।

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच हिजो भएको छलफलमा प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा लामो समयदेखि नियुक्ति हुन नसकेका संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउने समझदारी भएको थियो ।

त्यसैअनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गर्ने तयारी थियो । संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ ।

संवैधानिक नियुक्ति टुंग्याउन सत्तारुढ नेकपाले आज प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने तयारी थियो ।

रिक्त आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले पनि आफ्नो अडान राख्दै आएको छ । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्नेछ ।

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्