Logo
२६ जेष्ठ २०८२, आईतबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्ने : राष्ट्रियसभाका अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडियाले आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न नहुने बताएका छन् ।

उनले मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्ने समेत बताए ।मिडिया एक्सन नेपालको तालीमको आज यहाँ आयोजित समापन सत्रमा भिडियो कन्फ्रेन्समार्फत शुभकामना दिदैँ अध्यक्ष तिमिल्सिनाले मिडिया एक्सन नेपालले भ्रामक समाचारसम्वन्धी शोध पुस्तक प्रकाशन गरेकोमा आभार व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार माध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने र गलत सूचना सम्प्रेषण गरेमा सञ्चारमाध्यमप्रति जनताको विश्वास गुम्ने बताए ।

सञ्चारविज्ञ एवम् मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले तालीममा सहभागी पत्रकारले पत्रकारिताका नैतिक मानक, भ्रामक र मिथ्या समाचार, सूचना महामारीको रोकथामका सूचकहरू, वैदेशिक नीति तथा मिडिया, तस्वीरको आधिकारिकता, लैङ्गिक संवेदलेनशील पत्रकारितालगायतका विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूले प्रशिक्षण दिएको बताए  ।

तालीममा झापा, इलाम र पाँचथरका ३० पत्रकारको सहभागिता थियो ।

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्