Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमितको संख्या झण्डै ४९ लाख नाघ्यो, ७८ प्रतिशत निको

भारतमा कोरोना संक्रमितहरुको संख्या झण्डै ४९ लाख नाघेको छ ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् ।

सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

देशभरी अहिलेसम्म कुल सङ्क्रमितको संङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको छ ।

भारतमा कुल सङ्क्रमित मध्ये ९ लाख ९० हजार ६१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार ४०० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा दैनिक सङ्क्रमितको अवस्था उच्च रहेको छ । केही दिन झण्डै एक लाख पुग्न लागेकोमा अहिले फेरी घटेको देखिएको हो ।

कोरोना सङ्क्रमित भएका मध्ये भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७९ हजार २९२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सङ्क्रमुक्त भएकाहरुको अनुपात ७८.२८ प्रतिशत रहेको छ । यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

उनीहरुका अनुसार अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरु मध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत सङ्क्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् ।

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्