Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाखयता बाढी, पहिरो र चट्याङका कारण देशभर ३३६ जनाको मृत्यु, १०१ बेपत्ता

देशभर बाढी, पहिरो र चट्याङका कारण ३३६ जनाको मृत्यु भएको छ । साथै १ सय एकजना बेपत्ता र २ सय ९६ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार जेठ ३० गते मनसुन सुरु भएयता बाढी, पहिरो र चट्याङका कारण देशभर ३ सय ३६ जनाको मृत्यु, १ सय एकजना बेपत्ता र २ सय ९६ जना घाइते छन्।

वैशाखयता बाढी र पहिरोमा परि देशभर  ३ सय ९ जनाको ज्यान गएको छ । साथै एक सय २ जना बेपत्ता भएका छन्।

अस अवधिमा चट्याङका कारण ६२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

वैशाख १ गतेयता बाढीका कारण ३९ जनाको मृत्यु, ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन्। पहिरोमा परि २ सय ७० जनाको मृत्यु भएको छ। यसैगरि ६६ जना बेपत्ता छन् भने २ सय ६ जना घाइते छन्। चट्याङ लागेर घाइते हुनेको संख्या २ सय १ रहेको छ।

 

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्