Logo
६ बैशाख २०८१, बिहीबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज १ गतेबाटै खुल्ने

सरकारले अन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्