Logo
३० असार २०८२, सोमबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार वर्षे कार्यकाल सकिएपछि कुलमान घिसिङलाई प्राधिकरणले गर्यो विदाई

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीले आज विदाई गरेका छन् ।

चार वर्षे कार्यकाल पूरा गरेका घिसिङलाई कर्मचारीहरुले बुद्धको मूर्ति टोकन अफ लभ उपहार दिएका थिए ।

घिसिङको कार्यकाल यही भदौ २९ गते सकिएको थियो ।उनलाई प्राधिकरणमा ल्याउनुपर्नेबारे चौतर्फी दबाब सिर्जना भएको थियो ।

तर, हिजो बसेको मन्त्रिपरिषद बैठकले उनलाई निरन्तरता दिनेबारे कुनै निर्णय नै गरेनन् । कतिसम्म भने घिसिङलाई निरन्तरता दिनुपर्ने भन्दै सडकमा जुलुश निकालिएको थियो ।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्