Logo
७ बैशाख २०८१, शुक्रबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ करोड ५० लाख २१ हजारको लागतमा भोक्राहा-बिलैती चौक सडकको सिलान्यास

प्रदेश १ स्थित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सोमबार पक्की नाला सहितको कालोपत्रे सडक निर्माणको शिलान्यास गरिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका १ स्थित रहेको शारदा मार्गको सडक खण्डमा पक्की नाला सहितको कालोपत्रे सडक निर्माणका लागि प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिस प्रसाद कुसियैतले सिलान्यास गरेका हुन् ।

बिलैती चौक देखी शारदा मार्ग सडक खण्डमा करिब २ किलोमिटर गुणस्तरीय पक्की नाला सहितको कालोपत्रे सडक निर्माणका लागि मन्त्रालयको पूर्वाधार विकास कार्यालय बिराटनगरको ५ करोड ५० लाख २१ हजार ६ सय २८ रुपैँयाको लागत बजेटमा यो सडक बन्नेछ ।

मंगलबार सडकको सिलान्यास गर्दै मन्त्री जगदिस प्रसाद कुसियैतले विकास निर्माणको काममा आमनागरिक एकजुट भएर लाग्नुपर्ने बताए ।

सिलान्यास भएको यो सडकको निर्माण कार्य गुणस्तरीय रुपमा गर्नका लागि निर्माण व्यवासायीलाई निर्देशन दिदैँ निर्माण काम ठोस रुपमा गराउनका लागि स्थानीय जनतालाई खबरदारी गर्न आग्रह समेत गरे ।

यस्तै सोही कार्यक्रममा बोल्दै भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकाको थोरै बजेट हुन्छ, सोचेको जस्तो विकास गर्न सम्भव नहुने बताउदै अगामी दिनमा पनि प्रदेश सरकारसँग थप सहयोगको आस राखेको बताए ।

त्यस्तै नेकपा भोक्राहा नरसिंह गाउँपालिका कमिटीका सचिव रामकुमार मेहताको विशेष पहलमा प्रदेश न. १ को भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास कार्यालय बिराटनगरबाट वार्ड नं. १ मा शारदा मार्गको सडक खण्डमा पक्की नाला सहितको कालोपत्रेको योजना ल्याएको बताए ।

उहाँका अनुसार भोक्राहा नरसिंह गापा वार्ड नं. १ को बिलेती चौक देखी शारदा मार्ग सडक खण्डमा करिब २ किलोमिटर गुणस्तरीय पक्की नाला सहितको कालोपत्रे सडक निर्माणको योजना ल्याउन एक वर्ष नियमित प्रदेश मन्त्रालय दोड्नु परेको बताए ।

यता सो कार्यक्रममा नेपाली काँग्रेस भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दहाल, जनता समाजवादी पार्टी भोक्राहा नरसिंहका अध्यक्ष महिन्द्र यादव लगायतका नेता तथा कार्यक्रर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्