Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केटीएमको बीएस ६ मोडल २०२० को नयाँ रेन्ज मोटरसाइकल सार्वजनिक

केटीएम  ब्रान्डले बीएस ६ को नयाँ २०२० रेन्ज मोटरसाइकल सार्वजनिक गरेको छ ।

२०२०, केटीएम २०० ड्युकलाई पूरै तवरले अपग्रेड गरिएको छ, जुन सानदार १२९० सुपर ड्युक-आरबाट प्रेरित रहेको कम्पनीले जनाएको छ ।

यो हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्‍क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ तथा यसको पूरै बनावटलाई नयाँ रुप दिएको कम्पनीले जनाएको छ ।

यसमा अर्को प्रमुख सुधार भनेको फ्युल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ । यसबाट ३० प्रतिशत अतिरिक्त दूरीसम्म चल्नेछ ।

यी बाइक ५ लाख ४० हजारको प्रारम्भिक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।यस्तै २०२० केटीएम ३९० ड्युक ८ लाख ५० हजारको प्रारम्भिक मूल्यमा शोरुममा उपलब्ध हुनेछ ।

यो बाइक नयाँ ग्राफिक डिजाइनका साथ २ एकदमै नयाँ रङहरु- सिल्भर मेटालिक र सेरेमिक ह्‍वाइटमा उपलब्ध हुनेछ ।

नयाँ सुविधाहरुको साथै यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड-कुल्ड, ४-भल्भ इन्‍जिन, अत्याधुनिक इन्जेक्सन इलेक्ट्रोनिक्स, उन्‍नत डब्लूपी सस्पेसन तथा आकर्षक देखिने स्विङ आर्मजस्तै उच्च प्राविधिक क्षमताको कम्पनेन्ट रहेको जनाइएको छ ।

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्