Logo
२ जेष्ठ २०८१, बुधबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी आन्दोलनका बेला नेपालमा समेत चर्चामा रहेका भारतीय पूर्व मन्त्री सिंहको निधन

छिमेकी देश भारतका पूर्व केन्द्रीय मन्त्री रघुवंश प्रसाद सिंहको निधन भएको छ । नेपालमा तत्कालिन मधेशी आन्दोलनका बेला निकै चर्चामा रहेका राष्ट्रिय जनता दलका वरिष्ठ नेता सिंहको दिल्लीस्थित एम्स अस्पतालमा ७४ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो ।

रघुवंश आफ्नो जीवनकालमा सादगी नेताका रुपमा परिचित थिए। उनी मन्त्री हुँदा भारतमा बेरोजगारहरुका लागि १०० दिने रोजगार कार्यक्रम ल्याएका थिए ।

दुई दिन पहिले उनले आफ्नो स्वास्थ्य खराब हुँदै गएपछि लालु प्रसाद यादवलाई चिट्ठी लेखेर राजीनामा बुझाएका थिए ।

उक्त पत्रपछि लालुप्रसादले पनि चिट्ठी लेख्दै रघुवंश उक्त पार्टीबाट बाहिर कहिँ नजाने विश्वास व्यक्त गरेका थिए ।

रघुवंश गत जुन महिनामा कोरोना संक्रमित भएका थिए । कोरोना संक्रमणमुक्त भएका उनी यसै महिनादेखि पुनः बिरामी पर्न थालेका थिए । गत हप्ता उनी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए ।

रघुवंशको निधनपछि लालु प्रसादको टिुवटर हेण्डलबाट भावुक ट्वीट गरिएको छ । यादवले लेखेका छन्, ‘प्रिय रघुवंश तपाईँले यो के गर्नुभयो ? मैले अस्ति मात्र तपाईँलाई भनेको थिएँ तपाईँ कहीँ जानु हुने छैन ? तर तपाईँ यति टाढा जानु भयो । निःशब्द छु, दुःखी छु, निकै याद आउने छ ।’

तस्विर : गुगल

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्