Logo
२६ बैशाख २०८१, बुधबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ मन्त्रीमण्डल पुर्नगठन गर्ने प्रधानमन्त्रीे ओलीको तयारी, सरकारबाट को को हट्दैछन्?

प्रधानमन्त्री केपी ओलीले दुई वर्ष मन्त्री भइसकेकालाई सरकारबाट बिदा गर्ने गरी मापदण्ड बनाउदैँ नयाँ मन्त्रीमण्डल पुर्नगठनको तयारीमा लागेका छन् ।

केपी ओलीले दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने गरी मापदण्ड बनाउने तयारीमा लागेका छन् ।विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने गरी मापदण्ड बनाउने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन् ।

यसमा लगभग सहमति पनि जुटिसकेको बुझिएको छ ओलीले असोज लाग्ने वित्तिकै मन्त्री परिवर्तनको तयारीमा लागेका छन् ।

अहिले भइरहेका मन्त्रीहरुलाई कुनै कारण दिएर हटाउनुपर्ने भएकाले एउटा मापदण्ड बालुवाटारले तयार गरेको छ ।

दुई वर्ष मन्त्री भइसकेकालाई बिदा दिएर नयाँलाई मौका दिइनेछ । यसरी मापदण्ड बनाउँदा योगेश भट्टराई, घनश्याम भुषाल, वसन्त नेम्वाङ, शिवमाया तुम्बाहाम्फे मात्र टिक्न सक्ने सम्भावना रहन्छ ।

भानुभक्त ढकाल पनि झण्डै दुई वर्ष मन्त्री भइसकेका छन् । उनलाई सञ्चारमा लगेर सरकारको प्रवक्ता बनाउने तयारी भएको छ ।  भुमिसुधारमन्त्री पद्मा अर्यालले निरन्तरता पाउने सम्भावना कम छ ।

अप्ठ्यारो पर्दा साथ दिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई पुनः मौका दिने पक्षमा ओली भएपनि पार्टीभित्र उनीहरुलाई सरकारबाट हटाउन एउटा समुह नै लागेको छ ।

पोखरेलविरुद्ध पूर्व एमालेको ठुलो तप्का लागेको छ भने बादलविरुद्ध पूर्व माओवादीकै समुह लागेका छन् ।

दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने मापदण्ड अनुसार मन्त्रीमण्डल पुर्नगठन भएमा पोखरेल र बादल पनि सरकारमा रहने छैनन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । उनी पनि यसपटक पुर्नगठनमा मन्त्री रहिरहने सम्भावना कम हुँदै गएको छ ।

बरु शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन लगाएर मन्त्रीमा ल्याउन खोजिएको छ । उनलाई भविष्यमा राष्ट्रियसभामा ल्याउने तयारी छ ।

पूर्व माओवादीका गिरिराजमणि पोखरेल, विना मगर, वर्षमान पुन, शक्ति बस्नेतलगायतको पनि बिदावारीको सम्भावना छ । लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन् ।

बामदेव गौतम उपप्रधानमन्त्री सहित मन्त्री बन्ने सम्भावना बलियो छ । तर, उनलाई अर्थ नदिइने भएको छ । गौतमलाई गृहमन्त्रीमा लान खोजिएको छ ।

बादललाई बिदा गरेर बामदेवलाई ल्याउन पनि दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने मापदण्डको विषय उठेको हो ।

नारायणकाजी श्रेष्ठको उपप्रधानमन्त्रीसहित सरकारमा सहभागिता हुनसक्छ ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्