Logo
४ बैशाख २०८१, मंगलबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९०३पुगे, १८४९ जना संक्रमणमुक्त

गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको छ ।

प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशमा सङ्क्रमित भएकामध्ये एक हजार ८४९ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या एक हजार ३० रहेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७५७ को पिसीआर परीक्षण गरिएकामा ६८२ को रिपोर्ट नेगेटिभ आएको छ भने ७५ सङ्क्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् ।

प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्रमा पिसीआर परीक्षण भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

कोरोना सङ्क्रमणका कारण हालसम्म २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्