Logo
१५ चैत्र २०८०, बिहीबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकको बाह्रबिसे पहिरो अपडेट : ३को शव फेला, २४ जनाभन्दा बढी बेपत्ता

बाग्मति प्रदेश स्थित सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-७ घुम्थाङको नागपुजे, भिरखर्क र नेवार गएराति पहिरो खस्दा बेपत्ता भएकामध्ये ३ जनाको सव फेला परेको छ ।

नागपुजे र भीरखर्कम पहिरो जाँदा २४ जना वेपत्ता भएका छन् । भने तीन जनाको शव भेटिएको छ।

गए राति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि नागपुजेको ६ घर, भीरखर्कको १२ घर र चनौटेको ८ घर गरी २४ घर पुरिएको हो

पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपीले जानकारी दिए ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका-७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ ।

सभामुख अग्नि सापकोटासहितको टोली पनि आजै बिहान स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्