Logo
१२ श्रावण २०८१, शनिबार
(September 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा ३७७ सहित उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ४ सय ३१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३१ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ३ सय ७७ जना, ललितपुरका ३७ जना र भक्तपुरका १७ जना छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय २ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ।

प्रकाशित मिति: Sep 12, 2020

प्रतिक्रिया दिनुहोस्