Logo
८ बैशाख २०८१, शनिबार
(September 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरिनगरामा जितिया विशेष अनलाइन सांस्कृतिक कार्यक्रम (हेर्नुस् भिडियो)

प्रदेश १ स्थित सुनसरीको हरिनगरामा जितिया विशेष अनलाइन सांस्कृतिक कार्यक्रम गरिएको छ । कोरोना महामारीका वीच स्थानीय युवाहरुको अगुवाईमा हरिनगर गाँउपालिका स्थित जितिया महोत्सवको आयोजना गर्दै अनलाइन सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।

हरिनगर गाउँ पालिकाका स्थानीय युवाहरूको आयोजनामा पहिलो चोटि योस्तो डिजिटल कार्यक्रम भएको हो ।

पालिका अध्यक्ष अध्यक्ष गफार अन्सारीको प्रमुख आथित्यमा उक्त कार्यक्रम सम्मपन्न भएको हो ।

महोत्सव कार्यक्रमको आयोजक हरिनगरा युवा समूह हरिनगराले गरेको थियोे भने प्रस्तुतमा हरिनगर सुपर टाइलेन्ट युवा समुहरुको नेपाली, हिन्दी, मैथिली, कोमेडीहरुमा आ-आफ्नो नृत्य प्रस्तुतीकरण गरेको कार्यक्रम सभापति अरबिन्द मेहताले जानकारी दिए ।

नृत्यमा प्रस्तुत तर्फबाट प्रथम हुने कलाकारहरुमा पुष्पा, पुजा, गायत्री, हेमानसु, श्याम मेहताहरुको समुह भएको थियो । भने दोस्रोमा अप्सरा कुमारी मेहता भएकी छन् , तेस्रोमा आरती, काजल साहको समुह छनोट भएका छन्।

कार्यक्रमको विशिष्ट अतिथिहरुमा पालिका उपाध्यक्ष रिमझिम भगत, वडा अध्यक्ष सुदिलाल मेहता, पत्रकार टोमराज मेहता, नेपाली कांग्रेसका पालिका सभापति शिवहरी श्रेष्ठ लगायतकाहरुको उपस्तिथि रहेको कार्यक्रम संचालक बिनोद मेहताले बताए ।

प्रथम हुने लाई नगद रु. २१००, दोस्रोमा रु. १५००, तेस्रो रु. ११०० को नगद रुपैया राखिएको थियो ।

गित रेकर्ड डान्स र कोमेडी तर्फका पहिलोलाई रु. २१००, दोस्रोलाई १५००, तेस्रोलाई रु. ११०० राखिएको कलाकार जर्जमा बस्नु भएका कलाकार प्रकाश अनुरागले बताए ।

कार्यक्रममा मुख्य प्रायोजन हरिनगर गाउँ पालिका र हरिनगरा जितिया मेला समुहले गरेको कार्यक्रम व्यवस्थापक जुगेश दासले बताए ।

उक्त कार्यक्रमलाई नागरिक टाइम्स वेभ च्यानलबाट लाइभ प्रसारण गरिएको थियो ।

त्यसैगरी मिडिया पाटनरहरुमा नागरिक अभियान, बिराटनगर खबर एडभान्स एफएम, अनलाइनका साथै विभिन्न पेजहरुबाट समेत प्रसारण गरिएको  कार्यक्रम व्यवस्थापक दासले बताए ।

 

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Sep 12, 2020

प्रतिक्रिया दिनुहोस्