Logo
१२ श्रावण २०८१, शनिबार
(September 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्यितारद्वारा १ हजार घुसका आरोपी आत्महत्यापछि विशेष अदालतबाट निर्दोष ठहर

अख्यितारद्वारा एक हजार घुसका आरोपीलाई विशेष अदालतले आत्महत्यापछि सफाइ दिएको छ। भदौ ३१ गते धरौटीमा छुटेका सुवेदीले गत वर्ष असोज ६ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए।

आयोगले सेवाग्राहीसँग एक हजार रुपैयाँ घुस लिएको सिसिटिभी फुटेजका आधारमा सुवेदीलाई गत वर्ष साउन २२ गते कार्यालयमा बोलाएर ४२ दिन थुनामा राखी अनुसन्धान गरेको थियो।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले एक हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेका भक्तपुर कटुञ्जे निवासी मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीलाई सफाइ दिएको हो।

उक्त मुद्दाको सुनुवाईका क्रममा गत असार ३० गते विशेष अदालत काठमाडौँले उनलाई सफाइ दिने फैसला गरेको अदालत स्रोतले जानकारी दियो।

सिसिटिभी फुटेजका आधारमा दायर गरिएको मुद्दालाई न्यायाधीशहरू चन्द्रबहादुर सारू र रवि शर्मा अर्यालको इजलासले ‘प्रमाण नपुग्ने’ भन्दै सफाइ दिने ठहर गरेको हो।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३३ मा कुनै मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा त्यस्तो मुद्दा खारेज हुने व्यवस्थाअनुसार अदालतले सुवेदीलाई निर्दोष ठहर गर्दै मुद्दा खारेज गरेको छ।

प्रकाशित मिति: Sep 12, 2020

प्रतिक्रिया दिनुहोस्