Logo
६ जेष्ठ २०८१, आईतबार
(September 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीर्घरोग नभएका रुपन्देहीका ४० वर्षीय र सुनसरीका ४३ वर्षीय पुरुसको कोरोनाका कारण मृत्यु

कुनै दीर्घरोग नभएका प्रदेश ५ स्थित रुपन्देहीका ४० वर्षीय र प्रदेश १ स्थित सुनसरीका ४३ वर्षीय पुरुसको कोरोना संक्रमणका कारण मृत्यु भएको खबर छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

भदौ १४ गते अस्पतालमा भर्ना भएका ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या थियो। अरु दीर्घरोग नभएपनि अवस्था चिन्ताजनक बन्दै गएपछि गएराती १२ः३० बजे मृत्यु भएको गौतमले जनाए।

त्यसैगरी प्रदेश १ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुनसरीको रामधुनी–५ झुम्काका ४३ वर्षीय पुरुषको शुक्रबार दिउँसो ४ः ३० बजे मृत्यु भएको हो ।

उनी इनरुवा जिल्ला अस्पताल, सुनसरीबाट रिफर भएर प्रतिष्ठानमा उपचारका लागि आएका थिए । उनी विगत १ बर्ष देखि झुम्का कारागार रहेका थिए ।

उनलाई १० दिन देखि ज्वरो आएको थियो भने २ दिनदेखि खोकी र स्वासप्रस्वासमा समस्या भएको थियो । भदौ २६मा प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।

त्यसैबेलादेखि उनी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनको अन्त्यष्टि कोरोना गाइडलाईन अनुसार हुने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: Sep 12, 2020

प्रतिक्रिया दिनुहोस्