Logo
१५ चैत्र २०८०, बिहीबार
(September 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पालिका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिने भारतीय ठेकेदार बब्लु भगत पक्राउ

प्रदेश १ स्थित सुनसरीको कोशी गाँउ पलिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिने भारतीय ठेकेदार बब्लु भगत पक्राउ परेका छन् ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार पालिका अध्यक्ष अन्सारीलाई शुक्रबार राति ज्यान मार्ने धम्की दिने भारतीय ठेकेदार बब्लु भगतलाई नियन्त्रणमा लियएको हो ।

कोशी गाउँपालीका ८ स्थित भण्टाबारीबाट उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले नागरिक टाइम्सलाई बताए ।

शुक्रबार राति अन्सारीलाई भारतीय ठेकेदार भगतले उनलाई ज्यान मार्ने धम्की दिएका थिए । कोशी गाउँपालीकाका अध्यक्ष अन्सारीले रातीको समयमा फोनबाट ज्यान मार्ने धम्की आएको बताएका छन् ।

त्यस्तो धम्की आएपछि आफू तत्काल प्रहरीलाई खबर गरेकोमा धम्की दिने ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ ।

उक्त ठेकेदारसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै अध्यक्ष अन्सारीले ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग गरेका छन् ।

अध्यक्षलाई ज्यान मार्ने धम्की आएपछि कोशी गाउँपालीका क्षेत्रका सर्वसाधारण राति राजमार्ग अवरुद्ध समेत गरेका थिए ।
सुनसरी प्रहरीले आफ्नो काम गरिरहेको हुँदा कोरोना महामारीको समयमा अनावश्यक भिड नगरी दिन अध्यक्ष अन्सारीले सर्वसाधारणमा आग्रह गरेका छन् ।

प्रकाशित मिति: Sep 12, 2020

प्रतिक्रिया दिनुहोस्